पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिक दोस्रो सातादेखि पोखरामा हुने भएको छ। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिता कात्तिक ९ देखि २० गतेसम्म हुने भएको हो।
पिपिएल 'फ्रेन्चाइज बेस' मा टी–२० फर्म्याटमा संचालन हुने प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए। लामाका अनुसार प्रतियोगितामा ६ शहरका टिमबीच प्रतिस्पर्धा हुनेछ। खेलाडीको छनोट अक्सनमार्फत गरिनेछ। विदेशी खेलाडी ल्याउने लगायत अन्य जानकारी केहि समयपछि जानकारी गराउने लामाले बताए।
पिपिएलअघि जुनियर पिपिएल गरिने पनि लामाले जानकारी दिए। उनका अनुसार प्रत्येक टिमले यू–१६ पिपिएल टिम बनाउनेछन् र काठमाडौंमा जुनियर पिपिएल आयोजना गरिनेछ।
पिपिएल पोखरा रंगशाला परिसरमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। मैदानमा पिच बनाउनका लागि भारतबाट क्युरेटर बोलाइएको तथा तत्काल काम सुरु गर्ने लामाले जानकारी दिए।
प्रतियोगितालाई भव्य बनाउन फ्यान जोन बनाइने पनि लामाले बताए। यस्तै पुरस्कार राशी पनि टी–२० फर्म्याटको प्रतियोगिता मध्ये सर्वाधिक हुने उनको भनाइ छ।
कार्यक्रममा पिपिएलको लोगो पनि सार्वजनिक गरिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले लोगो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै टमाटा र खड्काले पिपिएल हुनु नेपाली क्रिकेटका लागि राम्रो भएको बताए।
पोखरा प्रिमियर लिग कात्तिक दोस्रो साता हुने, ६ शहरका टिमबीच प्रतिस्पर्धा
Reviewed by Anish Lamichhane
on
4:12 AM
Rating:
No comments: