एसिया कप छनोट : नेपालको भारतसँग क्रिकेट खेल्ने अवसर !

नेपाली राष्‍िट्रय क्रिकेट टोली जिम्बाबेमा सम्पन्न विश्वकप छनोटमा आठौँ स्थानमा रहदै पहिलो पटक एक दिवसिय मान्यता सफल भयो । एक दिवसिय मान्यता पाए पछि नेपाली क्रिकेट फ्यानमा खुसिको सिमना छैन । फ्यान भारतसँग क्रिकेट खेलेको हेर्न आतुर छन् । विराट कोहली र पारस खड्का मैदानमा टस गर्न फ्यानमात्र होइन कप्तान स्वयम पारस पनि आतुर छन् । तर त्यस्को लागि नेपालले अझैँ केहि समय पर्खनु पर्ने छ । नेपालले अव भारतसँग क्रिकेट खेल्न एसिया कपको छनोटको विजेता बन्नु पर्ने छ । नेपाल बिजेता भए भारत लगायत एसियाका पाकिस्तान, श्रींलका, अफगानिस्ता र बंगलादेशसँग क्रिकेट खल्न पाउने छ ।सधै महेन्द्र सिंह धोनी, रोहित शर्मा, विराट कोहलीलाई रबडा,मिचेल स्टार्ट,महोम्द अमिर, हसन ओलीले आउट गरेको होइन नेपालका सन्दिप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मिले आउट गरेको पनि देख्न सकिने छ ।



अव एक दिवसिय मान्यता पाएपछि र एसिया कप छनोट नजिक लाई पुगेपछि नेपालको त्यो सपना पनि त्यती टाढाँ छैन । तर पहिला एसियन क्रिकेट काउन्सिल आयोजना गर्ने एसिया कप छनोटमा नेपालले हङकङ, मलेसिया, ओमान, सिंगापुर र युएईले पराजित गर्दै प्रतियोगिता जित्नु पर्ने हुन्छ । क्वालिफायर भारतमा आयोजना हुनेछ। शीर्ष स्थान नेपाल रहे सेप्टेम्बरमै भारतमा हुने एसिया कपमा पाँच टेस्ट मान्यता टिममा प्रतिस्पर्धा गर्नेछ।एसिया कपमा भारत,पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानलाई सिधा स्थान दिएको हो। एसिया कप छनोटको विजेता टोली यी देशसँग खेल्न पाउने छ । पहिलो पटक एक दिवसिय मान्यता पाएको नेपाल क्यानमाथिको प्रतिबन्ध फुकुवा भए र भारतीय क्रिकेट बोर्ड इच्छुक देखिए नेपाल सोझै भारतसँग सिरीज खेल्न सक्छ । त्यस्तै भारतीय पुर्व क्रिकेटर विरेन्द्र सहभागले एक दिवसिय मान्यता पाएपछि बधाई दिदै भनेका थिए, नेपालले त कमाल गर्यो यार, हाम्रो छिमेकीले एक दिवसीय मान्यता पायो र हामीसँगै क्रिकेट खेल्ने छ । बिरेन्द्रले भनेजस्तै हो अव नेपालको सपना पनि भारतसँगनै क्रिकेट खेल्नु । जस्को लागि नेपालले कडा मेनहत भने अहिले देखिनै गर्नु पर्ने देखिन्छ ।

स्रोत: गतीशिल खबर 
एसिया कप छनोट : नेपालको भारतसँग क्रिकेट खेल्ने अवसर ! एसिया कप छनोट : नेपालको भारतसँग क्रिकेट खेल्ने अवसर ! Reviewed by Anish Lamichhane on 2:27 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.