दबाबमा रहेको आर्जेन्टिना आज आफ्नो दोस्रो खेल खेल्दै

रसिया विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।
प्रत्यक्ष्य प्रसासण: https://www.fifaworldcup2018russialive.com/
समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा पोर्चुगल र स्पेनको समान ४ अंक छ भने इरानको ३ अंक छ, जसका कारण समूह चरणको अन्तिम खेल सम्म कुर्नपर्ने भएको छ । समूह ‘ए’ र ‘बी’को दोस्रो चरणको खेल समाप्ती भइसकेको छन् । विश्व कपमा बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ ।

प्रत्यक्ष्य प्रसासण: https://www.fifaworldcup2018russialive.com/

समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियाले एकअर्काको सामना गर्नेछन् । फ्रान्स र डेनमार्कले पहिलो खेल जितिसकेकाले आजको खेल जित्न सके नकआउट चरणको सम्भावना बलियो हुनेछ । नकआउट चरणमा पुग्ने सम्भावना बनाउनेका लागि अस्ट्रेलिया र पेरुले आजको खेलमा जित वा कम्तीमा बराबरी निकाल्नै पर्ने हुन्छ ।
दाबेदारका मध्ये एकका रुपमा हेरिएको लियोन मेस्सीको अर्जेन्टिनाले पनि अर्को चरण प्रवेशका लागि आजको खेलमा सफल नतिजा निकाल्नुपर्ने हुन्छ । अर्जेन्टिना अनेपिक्षित रुपमा पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियाले भने पहिलो खेल जितेको थियो ।

प्रत्यक्ष्य प्रसासण: https://www.fifaworldcup2018russialive.com/
दबाबमा रहेको आर्जेन्टिना आज आफ्नो दोस्रो खेल खेल्दै दबाबमा रहेको आर्जेन्टिना आज आफ्नो दोस्रो खेल खेल्दै Reviewed by Anish Lamichhane on 9:09 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.