अभ्यास खेलमा नेपालको सहज जित, सोमपाल र बसन्तको अर्धशतक

लिङमा सामूहिक प्रदर्शनपछि नेपालले भारतको चेन्नईमा पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ । एसआरएम विश्वविद्यालयको मैदानमा सोमपाल कामी र बसन्त रेग्मी ले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।
तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेर जित हाशील गर्न  सफल रह्यो। 

तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ रन बनाएको थियो  । दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।
ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १ रनमा आउट भएका थिए । सुशिल कंडेल १ रनमा अविजित रहे ।

डिन्डिगुलका लागि मोहम्मद असिफले मात्र दोहोरो आँकडामा रन जोड्न सके । उनले २४ रन बनाएका थिए । नेपालका लागि सागर पुनले ३, सोमपाल र सन्दीप लामिछाने समान २ विकेट लिए । सुशिल कडेल र ललितसिंह भण्डारीले समान १ विकेट लिए । खेलमा नेपालले ६ बलर प्रयोग गरे मध्ये विकेट लिन नसक्ने बसन्त एक्ला रहे ।
अभ्यास खेलमा नेपालको सहज जित, सोमपाल र बसन्तको अर्धशतक अभ्यास खेलमा नेपालको सहज जित,  सोमपाल र बसन्तको अर्धशतक Reviewed by Anish Lamichhane on 4:05 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.