लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रमपम झापा ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।
निधारित ८० मिनेटको खेलमा १–१ को बराबरीपछि सोझै भएको पेनाल्टी सुटआउटमा विजयी हुँदै मनाङ अघिल्लो चरण पुगेको हो । मनाङले फाइनल प्रवेशका लागि शनिबार हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ । अर्को सेमिफाइनल एपिएफ र सुदूरपश्चिमबीच हुनेछ ।
टाइब्रकेरमा मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ, विमल बस्नेत र डोना थापाले गोल गरे । झापाका लागि कर्ण लिम्बु, बुद्ध चेम्जोङ र रवि थापाले गोल गरे । चौथो नम्बरका दिलान लोक्तानले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्को पेनाल्टी नहान्दै नतिजा निस्केको थियो ।
त्यसअघि सुजलको गोलबाट मनाङले अग्रता लिएपनि जोगाउन सकेन । सुजलले २८ औं मिनेटमा गोल गरेका थिए । झापाले ६० औं मिनेटमा पेनाल्टीमा गोल फर्काएको थियो । अनन्त तामाङको ह्यान्डमा प्राप्त पेनाल्टीमा कर्णले बराबरी गोल गरेका हुन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हाम्रो खेलकुद
स्टार खेलाडीले भरिएको मनाङको संघर्षपूर्ण जित
Reviewed by Anish Lamichhane
on
7:07 AM
Rating:
No comments: