दसैं पछी सुरु हुने ए डिभिजन लिग फूटबलमा १६ टोलिले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जानकारी गराएको छ। पहिले काठमाडौं भित्रका मात्र १२ टोलिले मात्र प्रतिस्पर्धा गर्ने भनिएता पनि उपत्यका बहिरका अरु क्लबले पनि सहभागिता जनाउने भएको छ। होम एन्ड अवे फर्म्याटमा खेलाइने सो लिग निकै नै रोचक हुने बिश्वास राखिएको छ। भुकम्प गएको सालदेखि हुन नसकेको लिग अहिले आएर हुने भएको हो।
यसका साथै आज बसेको एन्फाको बैठकले थ्री स्टार क्लबलाइ क्षतिपूर्ति स्वरुप रु १ करोड ५० लाख रुपैया दिने भएको छ। यो विवाद टुङिएलगत्तै लिग हुने निश्चित भएको हो।
यसका साथै आज बसेको एन्फाको बैठकले थ्री स्टार क्लबलाइ क्षतिपूर्ति स्वरुप रु १ करोड ५० लाख रुपैया दिने भएको छ। यो विवाद टुङिएलगत्तै लिग हुने निश्चित भएको हो।
लिगमा सहभागी हुने क्लब: थ्री स्टार, फ्रेन्डस, आर्मी, पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती क्लब, बृगेड ब्याइज, जावलाखेल युथ क्लब
उपत्यका बाहिरबाट: झापा XI, मोरङ, रुपन्देही, सुदुर पश्चिम
ए डिभिजन लिगमा १६ वोटा क्लबले प्रतिस्पर्धा गर्ने !
Reviewed by Anish Lamichhane
on
6:12 AM
Rating:
No comments: