नेपालले पहिलो खेलमा थाइल्याण्डमा सामना गर्ने

मलेसियामा आयोजना हुने एसीसी यु-१९ एशियाकप छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ११ तारिकमा थाईल्याण्डसंग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित भुटान, नेपाल, सिंगापुर र थाईल्याण्ड रहेका छन् । समुह ‘बि’ मा मलेसिया, चिन, हंङकंङ र म्यानमार रहेका छन् ।
प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा आयोजना हुने यु-१९ युथ एसिया कप खेल्न छनौट हुने एसीसीले बताएको छ । पूर्वी क्षेत्रबाट १ टिम र पश्चिमी क्षेत्रबाट १ टिम गरि २ टिम एसियाली टेस्ट रास्ट्रहरु सम्मेलित प्रतियोगितामा सहभागी हुने मौका पाउनेछ ।
पहिलो खेल सेप्टेम्बर ११ मा थाईल्याण्डसंग क्लब अमन मैदानमा खेल्ने नेपालले दोश्रो खेल सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा, तेश्रो खेल सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ ।
खेल तालिका
सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर
सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल
समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार
क्रिकनेपाल 
नेपालले पहिलो खेलमा थाइल्याण्डमा सामना गर्ने नेपालले पहिलो खेलमा थाइल्याण्डमा सामना गर्ने Reviewed by Anish Lamichhane on 11:48 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.