भुटानमा सुरु हुन गईरहेको साफ यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा श्रीलंकाले सहभागिता नजनाउने भएको छ ।
यहि सेप्टेम्बर १७ देखि २८ तारीखसम्म थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने गईरहेको प्रतियोगितामा श्रीलंका, नेपाल र माल्दिभ्ससहित समूह बी मा थियो । अब श्रीलंकाले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि नेपाल र माल्दिभ्स सोझै सेमिफाइनलमा प्रवेश गरेका छन् । यद्यपि समूह चरण अन्तरगत नेपाल र माल्दिभ्स एक अर्काबीच भने भिड्ने छन् ।
त्यस्तै समूह ए तर्फ भारत, बंगलादेश र आयोजक भुटान रहेका छन् । पाकिस्तानले भने आन्तरिक कारण जनाउँदै प्रतियोगितामा सहभागिता जनाएको छैन ।
हाल सुरु हुन गईरहेको साफ यु–१८ च्याम्पियनसिप गत संस्करणको साफ यु–१९ च्याम्पियनसिप कै दोस्रो संस्करण हो । दक्षिण एसियाली फुटबल महासंघले सार्कस्तरीय देशहरुको फुटबल विकासलाई ध्यानमा राखेर यसवर्षदेखि साफ यु–१८ च्याम्पियनसिपका रुपमा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ यु–१८ च्याम्पियनसिपयलाई यसै वर्षको अक्टुबर २१ देखि नोभेम्बर ८ तारीखसम्म किर्गिस्तानमा हुन गईरहेको एएफसी यु–१९ च्याम्पियनसिप छनौटको तयारीका रुपमा समेत हेरिएको छ ।
एक खेल पनि नखेली नेपाल साफ यु-१८ को सेमिफाइनलमा
Reviewed by Anish Lamichhane
on
4:29 AM
Rating:
No comments: