बिस्फोटक ब्याटिङमा नेपालको अर्को सहज जित

आगामी अक्टोबर हङकङसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि तेस्रो अभ्यास खेलमा शरद भेषावकरको शतक प्रहार गरेका छन् । 

चेन्नाईमा अभ्यासरत नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि पहिलो विकेटमा आएका शरदले सर्वाधिक १ सय रन बनाउँदै आउट भएका थिए । त्यस्तै ७७ रन बनाएका ओपनर सागर पुनले शरदसँग राम्रो पार्टनरसिप गरेका थिए । अघिल्लो खलेमा शतक बनाएका अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३१ रन बनाए ।

खराब ब्याटिंगलाई निरन्तरता दिएका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले ७ रनमात्र बनाए । दीपेन्द्र सिंह ऐरिले बिष्फोटक ब्याटिङ गर्दै ८ चौका र ४ छक्काको मद्धतले ३७ बलमा ७३ रन जोडे । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका सोमपाल १० रनमा नट आउट रहे ।
हाम्रो खेलकुद
बिस्फोटक ब्याटिङमा नेपालको अर्को सहज जित बिस्फोटक ब्याटिङमा नेपालको अर्को सहज  जित Reviewed by Anish Lamichhane on 5:24 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.