नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो ।
एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको थियो । यसैबीच दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १० स्थान तल झर्दै १ सय ७ औं पुगेको छ । यसैगरी माल्दिभ्स १२ स्थान ओरालो लाग्दै १ सय ५४ औं स्थानमा छ ।
वरियतामा दक्षिण एसियाकै भुटान ९ स्थान खस्कदै १ सय ७४ औं पुगेको छ । नेपालभन्दा पछि रहेको बंगलादेश ७ स्थान तल झर्दै १ सय ९६ औं स्थानमा, १ स्थान तल झरेका श्रीलंका १ सय ९८ औं र पाकिस्तान २ सयौं स्थानमा यथावत रहेको छ ।
हाम्रो खेलकुद
फिफा वारीयतामा नेपाल तल झर्यो
Reviewed by Anish Lamichhane
on
6:15 AM
Rating:
No comments: