अर्जेन्टिनाको भेनेजुएलासँग बराबरी , विश्वकपको आशा जीवितै तर कठिन

दुई पटकको विश्वकप विजेता अर्जेन्टिना विश्वकप छनोट खेलमा समूहको पुछारमा रहेको भेनेजुएलासँग १-१ को बराबरी खेलेको छ । अर्जेन्टिनाले पटक पटक छनोट हुने सम्भावना बलियो बनाउने अवसर गुमाएपपनि विश्वकपको आशा जीवितै छ । यसअघिको खेलमा उरुग्वेसँग अर्जेन्टिनाले गोल रहित बराबरी खेलेको थियो ।

खेलको ५१ औँ मिनेटमा जोन मुरिल्लोले घरेलु टोली भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता केवल ३ मिनेटका लागि मात्र सीमित रह्यो । ५४ औँ मिनेटमा रोल्फ फ्लेचरको आत्मघाती गोलमार्फत अर्जेन्टिना खेलमा फर्केको थियो । समूहमा सबै टोलीले दुई खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना बराबरीसँगै पाँचौं स्थानमा यथावत रह्यो ।

उता समूहको शिर्षस्थानमा रहेको ब्राजिलसँग बराबरी खेल्दै दोस्रो स्थानको कोलम्बिया र तेस्रो स्थानको चिली बोलिभियासँग पराजित हुदा अर्जेन्टिनालाई तेस्रो स्थानमा उक्लने अवसर थियो । दक्षिण अमेरिका क्षेत्रबाट ४ राष्ट्र स्वत: विश्वकपमा छनोट हुनेछन् भने पाँचौं स्थानमा रहेको टोलीले विश्वकप प्रवेशका लागि प्ले-अफ खेल्नु पर्ने हुन्छ ।
८ अंकसहित पुछारमा रहेको भेनेजुएलाको भने पहिले नै विश्वकपको आशा समाप्त भइसकेको थियो । बाँकी रहेको खेलमा अर्जेन्टिनाले ५ ओक्टोबरमा पेरु र १० ओक्टोबरमा इक्वेडरको सामना। गर्नेछ । पेरु अर्जेन्टिनासँग समान अंक सहित गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।
अर्को खेलमा उरुग्वेले पाराग्वेलाई २-१ ले हराउँदै आफ्नो छनोटको सम्भावना अझ बलियो बनाएको छ । उरुग्वे कोलम्बियालाई पछि पार्दै २७ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । त्यसैगरी २१ अंक सहित पाराग्वे भने सातौँ स्थानमा रहेको छ ।
अर्जेन्टिनाको भेनेजुएलासँग बराबरी , विश्वकपको आशा जीवितै तर कठिन अर्जेन्टिनाको भेनेजुएलासँग बराबरी , विश्वकपको आशा जीवितै तर कठिन Reviewed by Anish Lamichhane on 8:06 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.