साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोलीललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । यू–१८ टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिदाईं गरे ।
टोली शनिबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दैछ । बिदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री केसीले टोलीलाई जितेर आउन शुभकामना व्यक्त गरे । मन्त्री केसीले जोश र जाँगरका साथ खेले जित सुनिश्चित रहेको पनि बताए । यस्तै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले डिफेन्डिङ च्याम्पियनको नाताले प्रशिक्षकहरुबाट जति सिकेको छ त्यो सबै खेलमा प्रस्तुत गरे अवस्य पनि जित्न सकिने बताए । अध्यक्ष श्रेष्ठले युवाहरु नेपाली फुटबलको भविष्य रहेको भन्दै राउण्ड रोविन लिगमा खेल्न पाउनु टिमको लागि ठुलो मौका रहेको बताए ।
भुटानमा आयोजना हुन लागेको दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले आयोजक भुटानसँग असोज ४ गते खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र असोज ११ गते भारतको सामना गर्नेछ । प्रतियोगिताबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा गर्ने घोषणा गर्दै खेल तालिका सार्वजनिक गरेको थियो ।
प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो हुनेछ । प्रतियोगिताको सबै खेल थिम्पुस्थित च्यामलिमथाम रंगशालामा हुनेछ । भुटानमा हुन लागेको साफ यू–१८ च्याम्पियनसिप साफ यू–१९ को दोस्रो संस्करण हो । पहिलो संस्करण नेपालमै भएको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो ।
एएफसी ले यू–१९ च्याम्पियनसिपको आयोजना गर्ने भएपछि त्यसैको तयारी स्वरुप साफले यू–१८ फुटबल च्याम्पियनसिपको आयोजना गरेको हो । एफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा किर्गिस्तानमा आयोजना हुदैछ । एन्फाले बुधबार नै २३ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
हाम्रो खेलकुद
साफ यु-१८: अब मात्र ३ दिन
Reviewed by Anish Lamichhane
on
7:52 AM
Rating:
No comments: