साफ यु-१८: अब ५ दिन बाँकी !

भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ गते आयोजक भुटानको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र असोज ११ गते भारतको सामना गर्नेछ । प्रतियोगितामा पाकिस्तानले यसअघि नै नखेल्ने बताएको थियो ।

प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो हुनेछ । प्रतियोगिताको सबै खेल थिम्पुस्थित च्यामलिमिमथाम रंगशालामा हुनेछ । भुटानमा हुन लागेको साफ यू–१८ च्याम्पियनसिप साफ यू–१९ को दोस्रो संस्करण हो । पहिलो संस्करण नेपालमै भएको थियो ।
जसमा घरेलु टोली नेपालले छिमेकी मुलुक भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । एएफसी ले यू–१९ च्याम्पियनसिपको आयोजना गर्ने भएपछि त्यसैको तयारी स्वरुप साफले यू–१८ फुटबल च्याम्पियनसिपको आयोजना गरेको हो । एफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा किर्गिस्तानमा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले आजै मात्र साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ ।

हाम्रो खेलकुद
साफ यु-१८: अब ५ दिन बाँकी ! साफ यु-१८: अब ५ दिन बाँकी ! Reviewed by Anish Lamichhane on 9:00 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.