भारतको चेन्नाई भ्रमणमा रहेको नेपाल टिमले आज सोमबार अन्तिम अभ्यास खेल खेल्दैछ l चेन्नाईको सेन्टर फर स्पोर्ट्स साइन्सको मिश्रित टिमसंग चौथो अभ्यास खेल हुनेछ ।
सेन्टर फर स्पोर्ट्स साइन्सले टस जितेर ब्याटिङ रोजेको छ।
सेन्टर फर स्पोर्ट्स साइन्सको मिश्रित टिममा त्यहाँको पहिलो डिभिजनको उत्कृस्ट खेलाडीहरु खेल्ने टिम ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन् । खेल भारतीय समय ९:३० बजे बिहान सुरु भएको थियो।
नेपालले हालसम्म भ्रमणमा खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरिसकेको छ । पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरे टिमले दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।
चौथो अभ्यास खेलमा नेपालले टस हारेर बलिङ गर्दै !
Reviewed by Anish Lamichhane
on
9:40 PM
Rating:

No comments: