अभ्यास खेलमा ज्ञानेन्द्रको उत्कृष्ट सतक!

भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड हर्ट हुँदै बाहिरिएका छन् ।



मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । ज्ञानेन्द्रले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का ओपनर सागर पुन २५ रन बनाउँदै आउट भएका थिए ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ ।
भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।
हाम्रो खेलकुद
अभ्यास खेलमा ज्ञानेन्द्रको उत्कृष्ट सतक! अभ्यास खेलमा ज्ञानेन्द्रको उत्कृष्ट  सतक! Reviewed by Anish Lamichhane on 2:03 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.