एफसी यु-१६ छनोट: नेपाल ईराकसग पराजित

एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । 


पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो ।  इराकका मोहम्मद रिधा अल्घानमीले ६ यार्ड बक्सबाट गोलकिपर बिशाल गुरुङलाई बिट गरेपनि सन्जिब अर्यालले गोललाइनबाट क्लियर गर्दै खेललाई बराबरीमा राखे  ।

गोलकिपर बिशाल सुनारको गल्तीको सदुपयोग गर्दै सलाह घाजी तालिबले इराकलाई ६८ औं मिनेटमा अग्रता दिलाए । इराको मिडफिल्डबाट झरेको बललाई गोलकिपर बिशालले नियन्त्रणमा नलिदा मन्डलाविले चेज गर्दै गरेको प्रहार गोलमा परिणत भयो । तालिब ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
नेपालले ७२ औं मिनेटमा पाएको पहिलो कर्नर मार्फत बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन । रन्जन पुनले प्रहार गरेको कर्नरमा रन्दिप पौडेलले ६ यार्ड बक्स भित्रबाट पाएको फ्रि हेडर क्रसबार भन्दामाथिबाट बाहिरियो ।
नेपालले अर्को खेलमा शुक्रबार भारतको सामाना गर्नेछ । भारतले पहिलो खेलमा प्यालेस्टाइनलाई ३-० ले हराएको थियो । त्यस्तै इराकले शुक्रबारको पहिलो खेलमा भारतको सामना गर्दै छ ।

हाम्रोखेलकुद 
एफसी यु-१६ छनोट: नेपाल ईराकसग पराजित एफसी यु-१६ छनोट: नेपाल ईराकसग पराजित Reviewed by Anish Lamichhane on 5:51 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.