Anish lm

Anish lm

ताजिकिस्तानलाइ हराउन नेपाली टोलि आतुर!

एएफसी एसियन कप २०१९ को छनोट अन्र्तगत समूह चरणको तेस्रो खेलका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले आफ्नो तयारी पुरा भएको जनाएको छ । नेपाल र ताजिकिस्तानबीच मंगलबार एन्फाको एस्ट्रो ट्रफमा दियसो ३ बजेपछि खेल हुदैछ ।



सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै नोपली टोलीका जापानी मुख्य प्रशिक्षक ग्यातोकु कोजीले नोपली टोली ताजकिस्तानविरुद्ध तयार भएको जानकारी गराएको हो । ‘विपक्षी टिमको रणनीति हेरेर हामी टिमको रणनीति बनाउनेछौं । घरेलु मैदान भएकाले नेपाललाई यसको फाइदा हुन सक्छ ।’ प्रि म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक कोजीले भने, ‘भविष्यलाई विचार गरेर प्रशिक्षण गरेका छौं । जापान भ्रमणको नतिजा तत्काल ननिस्कन सक्ला । तर, हामी ताजिकिस्तानविरुद्ध जितकै लागि खेल्नेछौं ।
यस्तै प्रशिक्षक कोजीले टिमका नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले खेल्ने सम्भावना रहेको बताए । ‘प्रिन्स पक्कै पनि राम्रो खेलाडी हो । उनीमा खेल्ने स्पिरिट छ ।’ कोजीले भने, ‘त्यही भएर हामीले उनलाई टिममा राखेका छौं । आशा छ उनले खेल्नेछ ।’
नेपाली टिमका कप्तान विराज महर्जनले ताजिकिस्तान हामी भन्दा माथिल्लो स्तरको भएपनि जितका लागि खेल्ने बताए । ‘ताजिकिस्तान जित्न नसकिने टिम हैन । हाम्रो लक्ष्य तीन अंकको हुनेछ ।’ कप्तान महर्जनले भने, ‘हामी हाम्रो गल्ती दोहोर्याउदैनौ । डिफेन्सलाई बढी ध्यान दिनेछौ ।’ यस्तै कप्तान महर्जनले सबै पोजिसनमा राम्रो रहेकाले वेष्ट भन्दा वेष्ट दिएर खेल्ने बताए । उनले टिममा मिडफिल्डर विक्रम लामाको आगमनले पनिटिम थप बलियो भएको बताए ।
यता ताजिकिस्तानका प्रशिक्षक फुजायलोभ खाकिमले छनोट चरणमा दुई खेलमा हार बेहोरेपनि टिम नेपाललाई घरेलु मैदानमा पराजित गर्न सक्षम रहेको बताए । ‘हामीले समूह चरणमा दुई खेल हारिसकेका छौं । खेलाडीहरुलाई यसबारे मोटिभेसन दिएका छौं ।’ प्रि म्याच कन्फ्रेसमा प्रशिक्षक खाकिमले भने, ‘खेलाडीहरु नेपालसँग खेल्न उत्साहित छन् । आशा छ टिमले घरेलु टोलीलाई पराजित गर्नेछ ।’
छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले तीन घरेलु र तीन अवे खेल खेल्नुपर्नेछ । जसमध्ये नेपालले एक अवे र एक होम खल खेलिसकेको छ । यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।
हाम्रो खेलकुदबाट सभार गरिएको 
ताजिकिस्तानलाइ हराउन नेपाली टोलि आतुर! ताजिकिस्तानलाइ हराउन नेपाली टोलि आतुर! Reviewed by Anish Lamichhane on 4:48 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.