नेपाललाइ ६८ रनको तार्गेट, आज चम्किने पालो पवन सराफको

नेपालले एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपालले सिंगापुरविरुद्ध ६८ रनको लक्ष्य पाएको छ ।

भुटान र थाइल्यान्डमाथि सानदार जित दर्ता गरेको नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको छ । पवन सर्राफले ८ ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ६ विकेट लिएपछि सिंगापुर २८.३ ओभरमा ६७ रन जोड्दै अलआउट भएको छ । यो खेलको नतिजाले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र सिंगापुर यो खेलअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

नेपाली युवा टोलीका लागि किशोर महतोले २ तथा सन्दीप लामिछाने र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए । सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमान सुनिलले समान २० तथा ओपनर रोहन रंगराजनले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् ।
समूह चरणमा नेपालले भुटानलाई ९ विकेट र त्यसअघि थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो । थाइल्यान्डलाई ९२ रनले हराएको सिंगापुरले त्यसअघि भुटानलाई ९ विकेटले नै पराजित गरेको थियो ।
नेपाललाइ ६८ रनको तार्गेट, आज चम्किने पालो पवन सराफको नेपाललाइ ६८ रनको तार्गेट, आज चम्किने पालो पवन सराफको Reviewed by Anish Lamichhane on 8:58 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.