साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज भुटानबाट स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार युवा टोली आज दिउँसो १२ः४५ मा त्रिभुवन विमानस्थल ओर्लनेछ ।
भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको हो ।
त्यसअघि बंगलादेशले नेपालका लागि उपाधि जित्ने बाटो तयार पारिदिएको थियो । नेपाल र भारतको खेलअघि बंगलादेशले भुटानलाई २–० ले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना बनेको थियो । यदि त्यो खेल भुटानले जित्यो भने अन्तिम खेलअघि नै नेपाल उपाधि दौडबाट बाहिरिसक्ने थियो ।
सहभागी पाँच टोलीमा राउन्ड रोविनपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता भएको हो । नेपाल र बंगालदेशको बराबरी ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । पहिलो खेलमा भुटानसँग पराजित नेपाललले बाँकी सबै खेल जितेको थियो । नेपालसँग हारेको बंगलादेशले बाँकी टोलीलाई पराजित गरेको थियो ।
भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । फ्रिकिकमा आएको बललाई वन टचमा दिनेशले दोस्रो मिनेटमा गोल गरे । उनले नै ३७ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर पारेपछि नेपाल बलियो अवस्थामा पुगेको थियो । दिनेशले सिक्स यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए । दिनेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।
(हाम्रो खेलकुद) –
साफ यू १८ च्याम्पियन नेपाली टोली आज स्वदेश फर्कदै
Reviewed by Anish Lamichhane
on
9:43 PM
Rating:

No comments: