यु १९ एसिया कप छनौट क्रिकेट: नेपाल भोली भुटानसग बिड्दै

मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल बुधबार दोस्रो सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा तुलानात्मक रुपमा भुटान भन्दा बलियो टोली थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा दमदार सुरुआत गरिसकेको छ ।


भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई टोली यू १९ एसिया कपको लागि छनोट हुनेछ । यो नेपालको सुरुआत मात्र हो, लक्ष्य एसिया कप पुग्नु रहेको टोलीले स्वदेश छाड्ने बेलामा टोलीलेको प्रतिबद्धता थियो ।

पहिलो पटक टोलीको कप्तानी गरिरहेका दीपेन्द्र सिंह ऐरीले पनि भुटानलाई हराउन कठिन हुने बताएका छन् । ‘ हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्यौं भने उपाधि जित्न कठिन छैन,’ उनले भने,‘ हामी यो प्रतियोगिताबाट पनि अगाडी जान चाहन्छौं । भुटान कठिन प्रतिद्वन्द्वि होइन । तर हामीले हरेक टोलीलाई सम्मान दिनुपर्दछ । ’दीपेन्द्रले समूह चरणको विजेताका रुपमा अघि बढ्ने लक्ष्य रहेको तर, त्यहाँ पानीले पनि खेलको नतिजामा असर पर्ने सक्ने अनुमान गरे ।
युवा टोलीका प्रशिक्षक विनोद दासले हरेक खेलमा ब्याटिङमा सुधार हुनुपर्नेमा जोड दिएका छन् । । ‘हामी हरेक खेलमा सुधार गर्दै अघि बढ्ने योजनामा छौं । त्यसका लागि भुटानले जति टक्कर दियो हामीले त्यति खुसी हुनेछौं,’ उनले भने,‘ हाम्रो लक्ष्य च्याम्पियन बनेर फर्कने हो । त्यसका लागि हरेक खेल जित्दै जानु पर्दछ ।’प्रतियोगितामा भुटानको सुरुआत भने हारबाट भएको थियो । टोली सिंगापुर सँग ९ विकेटले पराजित भएको थियो ।

हाम्रो खेलकुद
यु १९ एसिया कप छनौट क्रिकेट: नेपाल भोली भुटानसग बिड्दै यु १९ एसिया कप छनौट क्रिकेट: नेपाल भोली भुटानसग बिड्दै Reviewed by Anish Lamichhane on 7:11 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.