शरद र सागरको उत्कृष्ट ब्याटिङ जारी !

शरद भेसावर र सागर पुनले अर्धशतक प्रहार गरेपछि भारत भ्रमण अन्तर्गत तेश्रो अभ्यास खेलमा टस जितेर ब्याटिंग गरेको नेपालल राम्रो ब्याटिंग गरिरहेको छ । नेपाल र तमिलनाडु ‘ए’ बीच खेल भइरहेको मुरुगुप्प्पा मैदानमा भइरहेको छ ।

शरदले ३० औ ओभरमा अर्धशतक पुरा गर्नेक्रममा ६९ बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै सागरले ३१ औँ ओभरमा ५० रन पार गर्ने क्रममा ७७ बलको सामना गरेका थिए जुन क्रममा उनले २ चौका प्रहार गरे ।
नेपालले ३७  ओभरमा १८४  रन बनाउदा १ विकेट गुमाएको छ।  शरद ७६   र सागर ७२ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।
ओपनर ज्ञानेन्द्र मल्ल १० औं ओभरमा ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए । मल्लले ३७ बलको इनिंगमा ६ चौका प्रहार गरेका थिए । उनलाई भिग्नेस रावले क्याच आउट गराए ।
शरद र सागरको उत्कृष्ट ब्याटिङ जारी ! शरद र सागरको उत्कृष्ट ब्याटिङ  जारी ! Reviewed by Anish Lamichhane on 11:50 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.