ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै

ताजकिस्तानसँग ८ दिन पछि हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती स्वदेश आइपुग्दैछन् । उनी राती ८ः३० बजे त्रिभुवन विमानस्थल ओर्लने उनका दाजु रविन्द्रले जानकारी दिए । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र ताजकिस्तानबीच भदौ २० मा प्रतिस्पर्धा हुँदैछ ।




भोलीबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएका सबै ३० जना खेलाडी पुरा हुनेछन् । यसअघि २८ खेलाडी रहेको प्रशिक्षणमा माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै गरेका गोलकिपर किरण चेम्जोङ पनि आइतबारबाट सामेल भएका थिए । केही दिनमा ताजकिस्तानका लागि अन्तिम २३ खेलाडीको छनोट गर्ने प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिएका थिए ।
रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् । उनको टोलीले गए राती घरेलु मैदानमा पेरसेलालाई २–० ले हराएको थियो । २२ खेलपछि ३६ अंकका साथ उनको टोली इन्डोनेसिया लिगको छैटौं स्थानमा रहेको छ । रोहित भोलीबाटै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने उनका लागि रविन्द्रले जानकारी दिएका छन् ।
गत बर्ष चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेका रोहितले चैतमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । एसिया कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठ अन्तिम साता घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । समूहमा फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा यमन ४ अंकसहित दोस्रो छ । तेस्रो स्थानको नेपालको १ अंक तथा ताजकिस्तान अंक विहिन छ ।
हाम्रो खेलकुद
ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै Reviewed by Anish Lamichhane on 12:39 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.