पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् ।
पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर गरेका थिए । पहिलो हाफको अन्त्य अघि रोग्बी बाल्डीभिन्सनले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा जिवितै राखे ।
विलियम कार्भालोले ५८ औं मिनेटमा पोर्चुगलका लागि थप गोल गरे । रोनाल्डोले ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पोर्चुगलका लागि नर्विक सिटीका स्ट्राइकर नेल्सन ओलिभेराले ८८ औं मिनेटमा थप गोल गरे । हिजोको ह्याट्रिक पछि रोनाल्डोको गोल संख्या ७८ पुगेको छ । पेलेको ७७ गोललाई उनले उछिनेका छन् । राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने इरानका अलि दाइ हुन् । उनको नाममा १ सय ९ गोल छ ।
हाम्रो खेलकुद
पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक , पेलेलाई पछि पारे
Reviewed by Anish Lamichhane
on
9:25 PM
Rating:
No comments: