अर्जेन्टिना र उरुग्वे बिस्वकप छनोट अन्तर्गत भोली बिहान ४:४५ बजे उरुग्वेको घरेलु मैदानमा भिड्दै छन्।
लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण अस्ति देखी नै सुरु गरेका थिए। अर्जेन्टिनालाइ जित्नैपर्ने दबाब रहेको छ। मेसिबिना अपुरो रहने अर्जेन्टिनाको टोलिलाइ भने मेसिको प्रतिबन्ध फुकुवा भएको धेरै फाइदा छ। मेसिलाइ फूटबलको सर्बोच्च निकाय फिफाले ५ खेलको प्रतिबन्ध लगाएको थियो र सो लगत्तैको खेल मेसिबिना अर्जेन्टिनाले हारेको थियो र बिस्वकपमा छनोट नहुने डर पैदा भैसकेको थियो। तर पछि मेसिको प्रतिबन्ध फुकुवा गरियो र भोली हुने खेलमा मेसि खेल्नेछन।

प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे ।
दुई दिनअघि बोर्नमाउथविरुद्ध बेन्चबाट खेलको सुरुआत गरेको म्यानचेस्टर सिटीका अगुइरो पनि प्रशिक्षणमा भने सक्रिय सहभागी भए । अर्को वर्ष रसियामा हुनेविश्व कपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अहिले पाँचौं स्थानमा रहेको छ । छनोटमा अब ४ खल मात्र बाँकी छन् । यदि अंक तालिकाको यहि अवस्थामा अर्जेन्टिनाले छनोट चरणको यात्रा अन्त्य गर्यो भने टोलीले अन्तर महादेशिय प्ले अफ खेल्नु पर्ने छ । त्यसका लागि टोलीको सम्भावित प्रतिद्वन्द्वि न्यूजिल्यान्ड हुनेछ । प्रशिक्षक साम्पाउलीसँग स्टारहरुले भरिएको टोली छ, यद्दपी यसपटक उनको छनोटमा युभेन्ट्सका स्टार गोन्जालो हिगुइन भने अटाउन सकेनन् । वेस्ट ह्यामका मिडफिल्डर मानुयल लान्जिनी चोटग्रस्त छन् । तर, सिटीका रक्षक निकोलस ओटामेन्डी र म्यानचेस्टर युनाइटेडका गोलपिर सर्जियो रोमेरो भने अगुइरोसँगै टोलीमा अटाएका छन् ।
अर्जेन्टिनाले बिहीबार मोन्टेभिडियोमा उरुग्वेको सामना गर्नेछ । त्यसको पाँच दिनपछि टोलीले भेनेजुयलासँग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनाले बिहीबार मोन्टेभिडियोमा उरुग्वेको सामना गर्नेछ । त्यसको पाँच दिनपछि टोलीले भेनेजुयलासँग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिना र उरुग्वे भिड्दै, लाइब कसरी हेर्ने?
Reviewed by Anish Lamichhane
on
7:29 AM
Rating:
No comments: