एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले अर्को साता ताजिकिस्तानको सामना गर्दैछ । हल चोकस्थित एपिएफको मैदानमा ताजकिस्तानका लागि प्रतिस्पर्धा हुन अब मात्र ५ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ ।
ताजकिस्तानसँग भदौ २० मा हलचोकस्थित नेपाल एपिएफको मैदानमा प्रतिस्पर्धा हुनेछ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ ।
यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।
PC: Goalnepal |
हाल प्रशिक्षणमा रहेको नेपाली टोलि:
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, किरण चेम्जोङ
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डर – अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, प्रिन्स जर्ज कार्की, रोहित चन्द
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर, अञ्जन विष्ट
साभार: हाम्रो खेलकुद
एसिया कप छनोट: आफ्नो घरमा ताजिकिस्तानलाइ हराउनै पर्ने दबाब
Reviewed by Anish Lamichhane
on
10:54 PM
Rating:
No comments: