अर्जेन्टिनालाई जित्नैपर्ने दबाब

बोयनस आइरिस (एजेन्सी)– लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मेस्सीसहित सर्जियो अगुइरो, माउरो इकार्डी, पाउलो डेबाला, एन्जेल डि मारियालगायत स्टारहरु उरुग्वे र भेनेजुयलाविरुद्ध हुने खेलको तयारीमा जुटेका हुन् ।

प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे । दुई दिनअघि बोर्नमाउथविरुद्ध बेन्चबाट खेलको सुरुआत गरेको म्यानचेस्टर सिटीका अगुइरो पनि प्रशिक्षणमा भने सक्रिय सहभागी भए । अर्को वर्ष रसियामा हुने विश्व कपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अहिले पाँचौं स्थानमा रहेको छ । छनोटमा अब ४ खल मात्र बाँकी छन् ।
यदि अंक तालिकाको यहि अवस्थामा अर्जेन्टिनाले छनोट चरणको यात्रा अन्त्य गर्यो भने टोलीले अन्तर महादेशिय प्ले अफ खेल्नु पर्ने छ । त्यसका लागि टोलीको सम्भावित प्रतिद्वन्द्वि न्यूजिल्यान्ड हुनेछ । प्रशिक्षक साम्पाउलीसँग स्टारहरुले भरिएको टोली छ, यद्दपी यसपटक उनको छनोटमा युभेन्ट्सका स्टार गोन्जालो हिगुइन भने अटाउन सकेनन् ।
वेस्ट ह्यामका मिडफिल्डर मानुयल लान्जिनी चोटग्रस्त छन् । तर, सिटीका रक्षक निकोलस ओटामेन्डी र म्यानचेस्टर युनाइटेडका गोलपिर सर्जियो रोमेरो भने अगुइरोसँगै टोलीमा अटाएका छन् । अर्जेन्टिनाले बिहीबार मोन्टेभिडियोमा उरुग्वेको सामना गर्नेछ । त्यसको पाँच दिनपछि टोलीले भेनेजुयलासँग प्रतिस्पर्धा गर्नेछ ।
हाम्रो खेलकुद 
अर्जेन्टिनालाई जित्नैपर्ने दबाब अर्जेन्टिनालाई जित्नैपर्ने दबाब Reviewed by Anish Lamichhane on 7:48 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.