नेपालको ब्याटिंग सुधार्न देसाईको कसरत

ब्याटिंग नेपाली क्रिकेट टिमको नयाँ समस्या हैन ।  सिनियर रास्ट्रिय क्रिकेट टिम मात्रै हैन यु-१९ र महिला क्रिकेट टिमको मुख्य समस्या ब्याटिंग रहँदै आएको छ । 
यु-१९ रास्ट्रिय क्रिकेट टिमले गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसीया बिश्वकप छनौटमा अत्यन्त खराब ब्याटिंग प्रदर्शन गर्नु बिश्वकप छनौटमा ठुलो तगारो बन्न पुगेको थियो । दिपेन्द्र ऐरी बाहेक अन्य ब्याट्सम्यानहरुले लज्जास्पद प्रदर्शन गरेपछि पुनः ब्याटिंग पक्ष आलोचित बन्यो। 

सेप्टेम्बर ८ देखि १७ तारिकसम्म मलेसियामा आयोजना हुने एसीसी यु-१९ प्रतियोगिता नजिकिँदै गएको छ । उक्त प्रतियोगिताको उत्कृस्ट २ टिम छनौट हुने यु-१९ एसिया कप पनि धेरै टाढा छैन ।  ठुलो प्रतियोगितामा नजिकिंदै गर्दा ब्याटिंग फेरी पनि नेपाली टिमको चिन्ताको कारण बनेको छ । 
यही समस्या समाधान गर्न आइपीएल टिम राजस्थान रोयल्सको प्रशिक्षक रहीसकेका प्रशिक्षक मोन्टि देसाई ब्याटिंग कन्सल्ट्यान्टको रुपमा नेपाल आएका हुन् ।  
मंगलबार विकेटनेपाल टियु मैदान पुग्दा देसाई यु-१९ टिम ओपनर आसिफ शेख र सन्दिप सुनारलाई बिशेष कक्षा लिईरहेका थिए ।  यु-१९ बिश्वकप छनौटमा मात्रै हैन गत बर्ष एभरेस्ट प्रिमियर लिगको फाइनलमा शतक पछि आफ्नो लय गुमाएका आसिफ र बिश्वकप छनौटमा फ्लप सन्दिप सुनारलाई देसाईले बिभिन्न ब्याटिंग ड्रिल गराए । 
विकेटनेपाल 
नेपालको ब्याटिंग सुधार्न देसाईको कसरत नेपालको ब्याटिंग सुधार्न देसाईको कसरत Reviewed by Anish Lamichhane on 8:03 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.