एभरेस्ट प्रिमियर लिग र एपीवान टिभी बीच ३ बर्षे प्रशारण सम्झौता भएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलन माझ एपीवानका प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेल र एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एपीवान टेलिभिजनले प्रतिबर्ष १ करोड रुपियाँमा एभरेस्ट प्रिमियर लिगसंग प्रशारण अधिकार खरिद गरेको हो । नेपाली क्रिकेट इतिहासमै यो सबैभन्दा ठुलो प्रशारण सम्झौता हो ।
प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले यो पटक प्रत्यक्ष प्रशारण गर्दा १२ वटा क्यामरा प्रयोग गर्ने तथा थर्ड अम्पायर समेत उपलब्ध हुने बताएका छन्। यस्तै मैदानमा दर्शकको लागि ठुलो स्क्रिन समेत देखाइने छ।
प्रत्येक खेलको दौरान खेल विश्लेषण, अक्सन, पुरस्कार वितरण समारोहको अधिकार एपीवानमा रहनेछ । एभरेस्ट प्रिमियर लिग प्रबन्ध निर्देशक अख्तरले यो सम्झौताले लिगको प्रशारण अन्तर्राष्ट्रिय स्तरको हुने बिश्वास गरेको र त्यसैले एपिएवानसंग सम्झौता गरेको बताए । यस्तै एपिवन निर्देशक पौडेलले प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन हरसम्भब प्रयास गर्ने बताएका छन् ।
एभरेस्ट प्रिमियर लिगको यो सिजन डिसेम्बरमा आयोजना गरिनेछ जसको अक्सन दशैं पछि आयोजना गर्ने योजना रहेको अख्तरले बताएका छन् । पोखरा, काठमाडौँ, ललितपुर, बिराटनगर, भैरहवा र बिरगंज गरी ६ सहरको टोली सहभागी हुँदै छन् । टिम र टिम मालिकको घोषणा भइसकेको छै।
विकेटनेपाल
विकेटनेपाल
एपीवान र ईपीएलबीच रेकर्ड प्रशारण सम्झौता
Reviewed by Anish Lamichhane
on
11:30 PM
Rating:
No comments: