५० क्याप जितेर "सन्यास" लिने अनिलको सपना अधुरै



घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।
एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक ग्यातुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले २३ सदस्यीय टोलीको अन्तिम छनोट गर्दा अनिल अटेनन् । ताजकिस्तानकै खेलको तयारीका लागि जापान भ्रमणमा गएका अनिलसँगै गोलकिपर एलेन न्यौपाने, मिडफिल्डर राजेन्द्र रावल र रक्षक मानबहादुर तामाङले पनि अन्तिम छनोटमा स्थान बनाउन सकेनन् ।

नेपालको २३- सदस्यीय टोलि टोलि:
गो. कि: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर: विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी
मिड: अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द
फर्वार्ड: प्रिन्स जर्ज कार्की, नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर
५० क्याप जितेर "सन्यास" लिने अनिलको सपना अधुरै ५० क्याप जितेर "सन्यास" लिने अनिलको सपना अधुरै Reviewed by Anish Lamichhane on 3:58 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.