नेपाली फूटबल टोलि अहिले एसिया कप छनोटको तयारीमा जिटिरहेको छ। एसिया कप छनोटको अन्तिम राउन्डमा नेपालले 'वाइल्डकार्ड इन्ट्री' जस्तै पाएको हो। छनोटको पहिलो चरणमा नै भारतसग पराजित भएर बाहिरीएको नेपाली टोलिले अहिले अन्तिम चरणमा फेरि खेल्न पाएको छ। गत बर्ष भएको ए एफ सि सोलिडारिटि कपको बिजेताको हैसियतले नेपालले खेल्न पाएको हो। ग्वामले आफ्नो नाम छनोटबाट फिर्ता लिएपछी नेपालले यो मौका पाएको हो।
समुह एफमा परेको नेपालसगै अरु ताजिकिस्तान, फिलिपिन्स र यमन छन् । तुलनात्मक हिसाबले नेपाल कमजोर टोलि हो। समुहको दुइ खेल खेलिसक्दासम्म नेपाल तेस्रो स्थानमा छ, १ हार र १ बराबर सहित। होम एन्ड अवेका आधारमा हुने छ्नोटमा हरेक समुहको शीर्ष दुइ टोलिले एसिया कप खेल्नेछ। नेपालको समुहमा हाल।फिलिपिन्स ६ अन्क सहित शीर्ष स्थानम छ। यमनको ४ र नेपालको १ अन्क छ। ताजिकिस्तान भने अन्कबिहिन छ। अब नेपालको ४ खेल बाकी रहेको छ, दुईवटा अफ्नै घरमा र अर्को दुईवटा अरुकोमा। फिलिपिन्सलाइ नेपालमै हुने खेलमा हराउन नेपाललाइ अलिक सहज हुनेछ। तेस्तैगरि भदौ २० गते एन्फा कम्प्लेक्समा हुने खेलमा पनि ताजिकिस्तानलाइ हराउन जरुरी छ। यि दुइ खेल जितेर नेपालले बाकी दुई खेलमा कम्तीमा बराबरि खेले नेपालको एसिया कप सम्भव हुनेछ। तर यमन र ताजिकिस्तानलाइ उसैको घरमा बराबरीमा रोक्नु सजिलो भने हुने छैन।
पछिल्लो समय निकै निखारिएको प्रदर्शन गरेको नेपाली टोलिले यस एसिया कप छनोटमा जित्न सकेको छैन। ४ गोल खाएको नेपाली टोलिले एक मात्र गोल गरेक छ। नेपालको लागी त्यो एक गोल बिशाल राइले गरेका थिए। चोटका कारण खेल गुमाउन लागेका रबिन श्रेष्ठको कमि भने खड्गने अवश्य देखिन्छ। उनको स्थान सम्भवत कमल श्रेष्ठ अथवा देवेन्द्र तामाङले लिने छन् । आदित्य चौधरी पनि चोट मुक्त भै फेरि फर्केका छन् । किरण र रोहित आफ्नो बिदेशी क्लबमा ब्यस्त रहेकाले फर्ममा नै छन् । नेपालको फर्वार्ड लाइन नि निकै बलियो देखिन्छ। भरत, नवयुग र बिमलसगै ऐले आर्मीका नया फर्वार्ड टिममा आएका छन् । नेपालको मिडमा पनि सबै एकसे एक छन् । आशा गरौ, नेपालले २०१९ एसिया कप खेलेको हमिले हेर्न पाउनेछौ।
के नेपालको एसिया कप २०१९ यात्रा सम्भव छ? कसरी छ यहाँ हेर्नुहोस..
Reviewed by Anish Lamichhane
on
12:12 AM
Rating:
Reviewed by Anish Lamichhane
on
12:12 AM
Rating:


No comments: