च्याम्पियन्स लिगमा पुनरागमन गर्दै चेल्सी !

गत बर्षको च्याम्पियन्स लिगमा चेल्सीलाइ देख्न नपाउदा सम्पुर्ण चेल्सी समर्थकको मन खिन्न भएको थियो। २०१४/१५ इङ्लिस प्रिमियर लिग बिजेता चेल्सीले २०१५/१६ मा राम्रो गर्न सकेन र त्यो सिजन दसौं स्थानमा रह्यो र च्याम्पिन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्न असफल रह्यो। तर फेरि २०१६/१७ को इङलिस पृमियर लिग च्याम्पियन बन्दै च्याम्पियन्स लिगमा पुनः वापसी गरेको छ। 
सन २०१२ मा च्याम्पिन्स लिग जित्दा 

१४ पटक च्याम्पियन्स लिगमा सहभागीता जनाएको चेल्सीले ५ पटकसम्म सेमिफाइनलको यात्रा तय गरेको थियो। त्यस्तै, २ पटक क्वाटरफाइनलसम्म पुगेको थियो। एक पटक मात्र समुह चरण पार गर्न नसकेको चेल्सीले अरु बाकीमा पृ क्वाटरफाइनलसम्म मात्र पुगेको थियो। सन २००८ मा उप बिजेतामा चित्त बुझाएको इङलिस क्ल्बले सन २०१२ मा आफ्नो पहिलो उपाधी जिति छड्यो। बायर्न म्युनिकलाइ उसैको घरेलु मैदानमा हराएर इतिहास बनाएको थियो। त्यसो त सन २००८ मै बन्न सक्ने यो इतिहास पेनाल्टी सुटाउटमा म्यान्चेस्टर युनाइटेडसग हारेर गुमाउन पुग्यो। चेल्सीले जितेको २०१२ को च्याम्पियन्स लिग नै पछिल्लो पटक इङलिस क्लबले जितेको हो। त्यसयता कुनै पनि इङलिस क्लबले त्यो सफलता हासिल गर्न सकेको छैन ।
चेल्सीले भोली बिहान १२:३० बजे समुह चरणको पहिलो खेल खेल्दै छ। आफ्नो घरेलु मैदान स्ट्याम्फोर्ड बृड्जमा हुने खेलमा चेल्सीले क्वाराबागसग खेल्दै छ।
च्याम्पियन्स लिगमा पुनरागमन गर्दै चेल्सी ! च्याम्पियन्स लिगमा पुनरागमन गर्दै चेल्सी ! Reviewed by Anish Lamichhane on 9:32 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.