एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत शनिबार हुने सेमीफाइनलमा नेपालको खेल मलेसियासंग हुने पक्का भएको छ ।
समुह ‘ए’ मा रहेको नेपालले आफ्नो ३ वटै खेल जित्दै समुह बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाईसकेको छ । समुह ‘बि’ मा हंगकंगले पनि ३ वटै खेल जित्दै समुह बिजेता भयो भने ३ मध्ये २ खेल जित्दै मलेसिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। समूह ‘ए’ बाट उपविजेताको रुपमा सिंगापुर पनि सेमीफाइनल प्रवेश गरिसकेको छ ।
शनिबार हुने २ वटा सेमीफाइनलमामा समुह ‘ए’ बिजेता नेपालले समुह ‘बि’ को उपविजेता मलेसियाको सामना गर्नेछ । यस्तै अर्को सेमीफाइनलमा समुह ‘बि’ को बिजेता हंगकंगले समुह ‘ए’ को उपविजेता सिंगापुरको सामना गर्नेछ । सेमीफाइनल खेल शनिबार बिहान ७:१५ बजे ( नेपाली समय) सुरुहुने छ। खेल किनरारा ओभल मैदानमा हुनेछ जुन मैदानमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो।
प्रतियोगिताको फाइनल खेल आइतबार किनरारा मैदानमा खेलिनेछ जसको बिजेता नोभेम्बरमा मलेसियामा संचालन हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ । एसिया कपमा एसियाली टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पनि सहभागी हुनेछन्।
विकेटनेपालबाट
सेमिफाइनलमा नेपाल सिङापुरसग भिड्ने !
Reviewed by Anish Lamichhane
on
8:41 PM
Rating:
No comments: