नेपाल डिभिजन २ मा झर्यो, विश्व कप छनोटमा पुग्ने अझै एउटा मौका बाँकी

हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा अपेक्षा विपरित नतिजा आत्मसात गरेसँगै नेपाल डिभिजन २ मा झरेको छ ।

डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले गुमाएको थियो ।

आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब हुने संयुक्त अरब इमिरेट्स (युइए) सँगको दुवै खेल जित्दा पनि नेपाल शीर्ष ४ मा नपर्ने भएपछि डिभिजन २ मा घटुवा भएको हो । डब्लूसिएलका शीर्ष ४ टोली विश्व कप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुग्नेछन् ।
आइतबार समुन्द्रिक आधि (टाइफुन) र वर्षाका कारण खेल हुन नसकेपछि रिजर्भ डे सोमबारका लागि खेल सारिएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ ।
घटुवा भएपछि पनि विश्व कप छनोटमा पुग्ने नेपालको सम्भावना भने अझै बाँकी रहेको छ । नेपालले अब फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । डिभिजन २ को शीर्ष २ टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछ ।
(हाम्रो खेलकुद) 
नेपाल डिभिजन २ मा झर्यो, विश्व कप छनोटमा पुग्ने अझै एउटा मौका बाँकी नेपाल डिभिजन २ मा झर्यो, विश्व कप छनोटमा पुग्ने अझै एउटा मौका बाँकी Reviewed by Anish Lamichhane on 11:46 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.