इन्डोनेसिया लिग १ मा हिजो पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि गोल गरेका छन् ।
अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा हार बेहोरेको छ । १ खेल कम खेलेको भयांकरा ५९ अंकसहित शीर्षस्थानमा रहेको छ । १८ टोलीको सहभागिता रहेको लिग १ मा ग्रिसिकको १० अंक छ ।
आर विडोडोले ४२ औं मिनेटमा गोल गरेपछि पार्सिजाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । एफ रिडवानले ५५ औं मिनेटमा गोल गरे भने ६२ औं मिनेटमा विडोडोले अर्को गोल थपे । त्यसको चार मिनेटपछि रोहितले टोलीका लागि चौथो गोल गरे ।
एकतर्फी खेल सकिन ११ मिनेट बाँकी रहँदा ब्रुनो लोपेजले टोलीका लागि पाँचौं तथा अन्तिम गोल गरे । लिगमा बुधबार रोहितको टोलीले पेर्सीपुरासँग अवे खेल खेल्नेछ । असोज २४ गते ताजकिस्तानसँग एसियन कप छनोट खेल खेलेर रोहित इन्डोनेसिया पुगेका थिए ।
(हाम्रो खेलकुद)
पर्सिजा जाकार्ताको जितमा रोहितको गोल
Reviewed by Anish Lamichhane
on
4:06 AM
Rating:

No comments: