विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ ।
ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि तेस्रो नम्बरमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लवीचको साझेदारीले नेपाललाई राम्रो सुरुआत दिलाएपनि ज्ञानेन्द्रको विकेट पछि नेपाली ब्याटिंगको पतन सुरु भयो । ज्ञानेन्द्र २१ रन बनाउँदै आउट भए भने दीपेन्द्र सिंह ऐरी ३ रनमा पवेलियन फर्किए ।
कप्तान पारस खड्का व्यक्तिगत २६ रनमा बोल्ड भने भने आरिफ २३ रनमा सिमित भए । विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी १८ रनमा आउट भए भने सोमपलले ११ रन बनाए । वसन्त रेग्मी , करण केसी र सन्दिप लामिछानेले खाता खोल्न सकेनन ।
हङकङका दाँया हाते अफ ब्रेक बलर इशान खानले ५ विकेट लिए भने अजिज खानले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिल ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । नेपालका लागि सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए ।
छैठौ स्थानमा रहेको नेपालको ११ खेलमा ८ अंक छ भने हङकङ ११ खेलमा १३ अंक सहित चौथो स्थानमा उक्लेको छ । नेपालले आइतबार दोस्रो पटक हङकङको सामना गर्नेछ
From Hamro Khelkud
From Hamro Khelkud
नेपाल हङकङसँग पराजित !
Reviewed by Anish Lamichhane
on
1:42 AM
Rating:

No comments: