नेपाल विरुद्ध ताजिकिस्तान: अब ३ दिन बाकी



नेपाल विरुद्धको ताजिकिस्तानको खेल आउन अब मात्र ३ दिन बाकी रहेको छ। छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जसमधये १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ । यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।


खेल भदौ २० गते एन्फा कम्प्लेक्समा ३ बजे हुनेछ।

नेपालको २३- सदस्यीय टोलि टोलि:
गो. कि: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर: विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी
मिड: अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द
फर्वार्ड: प्रिन्स जर्ज कार्की, नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर
नेपाल विरुद्ध ताजिकिस्तान: अब ३ दिन बाकी नेपाल विरुद्ध ताजिकिस्तान: अब ३  दिन बाकी Reviewed by Anish Lamichhane on 8:35 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.