साफ यु-१८: नेपालको सम्भावना कस्तो छ ? यहाँ हेर्नुहोस

नेपालको सम्भावना कस्तो ?
साविक विजेता नेपालले प्रतियोगितामा आयोजक भुटानसँग पहिलो खेलमा पराजय भोगेको थियो । अन्य खेलमा माल्दिभ्सलाई २-० र बंगलादेशलाई २-१ ले हरापछि नेपालले ६ अंक छ । त्यस्तै भारत , बंगलादेश र भुटानको पनि समान ६ अंक छ । भारतको गोल अन्तर +३ को छ भने नेपाल र बंगलादेशको समान +२ छ ।

त्यस्तै भुटानको भने -१ को गोल अन्तर छ । प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली शीर्षस्थानमा रहनेछ। दुई टोलीको समान अंक भएमा ‘हेड टु हेड’ को आधारमा विजेता छानिने छ भने दुई भन्दा बढी टोलीको अंक समान भएमामा उनीहरु बीचको खेलको गोल अन्तर हेरिनेछ ।
तसर्थ नेपालले भारतलाई हराएर अर्को खेलमा बंगलादेश भुटानसँग विजयी भएमा नेपाल र भुटानको समान ९ अंक हुनेछ । अन्तत नेपालले बंगलादेशलाई पराजित गरेकाले नेपाल ‘हेड टु हेड’ को आधारमा अंक तालिकाको शिर्षमा रहँदै उपाधि जित्ने छ । तर भुटानले बंगलादेशलाई पराजित गरे नेपाल ‘हेड टु हेड’ मा भुटान भन्दा पछि पर्ने छ ।
अन्तिम खेलमा बराबरी गरेमा नेपालको उपाधि जित्ने सम्भावना छैन ।
हाम्रोखेलकुदबाट 
साफ यु-१८: नेपालको सम्भावना कस्तो छ ? यहाँ हेर्नुहोस साफ यु-१८: नेपालको सम्भावना कस्तो छ ? यहाँ हेर्नुहोस Reviewed by Anish Lamichhane on 7:40 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.