नेपाल विरुद्ध ताजिकिस्तान- जान्नपर्ने कुराहरु



एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल र ताजिकिस्तानको खेल आउन अब मात्र 1 दिन बाकी रहेको छ। समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालको यो तेस्रो खेल हुनेछ। यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । एसियन कप छनोटका लागि शनिबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक हुँदा नियमित कप्तान समेत रहेका अनिलको नाम थिएन । छनोटकै यमनसँगको खेलमा केही मिनेट मौका पाएका अनिलले सोही खेलमात्र ४९ अन्तर्राष्ट्रिय खेल पुरा गरेका थिए ।


यसपटक ताजकिस्तानसँग मौका पाएमा ५० क्याप पुरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने योजना रहेको हा बताएका थिए । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।


लाईभ कसरी हेर्ने ?

खेलको आधारिक प्रसारण एपि वोन टेलिभिजनले गर्नेछ ।

अन्य जानकारी

खेल हुने मिती : मंगलबार [सेप्टेम्बेर ०५, २०१७ | भाद्र २०, २०७४

नेपाली समय :दिउसो ३:०० बजे

मैदान : सातदोबाटोस्थित एन्फा कम्प्लेक्स

प्रत्यक्ष प्रसारण : एपि वोन एच डी । अनलाइन एपि वोनको य़ुटुभमा हेर्न सकिने छ ।

टिकट दर : रु ७०० (साधारण) , रु १५०० (भिआईपी

हाम्रो खेलकुद
नेपाल विरुद्ध ताजिकिस्तान- जान्नपर्ने कुराहरु नेपाल विरुद्ध ताजिकिस्तान- जान्नपर्ने कुराहरु Reviewed by Anish Lamichhane on 8:04 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.