एफसी यु-१६ छनोट: नेपालले बलियो टोली ईराकसग भिड्दै !

(हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको थियो । यस्तै नेपालले दोस्रो खेलमा शुक्रबार साफ यू–१५ च्याम्पियन भारतको तथा समूह चरणको अन्तिम खेलमा प्यालेष्टाइनसँग खेल्नेछ । गत महिनामात्र नेपाल र भारतबीच फाइनलसहित दुई पटक भेट भएको थियो । दुवै खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

एसियाका ४५ देशले सहभागिता जनाएको छनोट प्रतियोगिताबाट १६ टोली मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा पुग्नेछन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली स्वतः छनोट हुनेछन् । ६ वटा उत्कृष्ट समूह उपविजेता पनि च्याम्पियनसिपमा पुग्नेछन् ।
नेपाली युवा टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले तयारी राम्रै रहेकाले पहिलो खेलमा इराकसँग जितको लक्ष्यसहित उत्रने बताएका छन् । ‘साफपछि हामीले एक दिन विश्राम बसेर एएफसी च्याम्पियनसिपको तयारीमा जुट्यौ । खेलाडीहरुले तयारीमा मिहेनत गरेका छन्’ प्रशिक्षक श्रेष्ठले प्रि म्याच कन्फ्रेन्समा भने, ‘इराक बलियो प्रतिद्वन्द्वि हो । पहिलो खेल महत्वपूर्ण हुन्छ । तर हामी इराकविरुद्ध तीन अंकको लागि खेल्नेछौं । यसका लागि खलाडीमा क्षमता छ ।’
प्रशिक्षक श्रेष्ठले इराकसँगै अन्य दुई टोली पनि बलियो रहेकोले प्रतिद्वन्द्वि रहेकाले सबै खेलहरु टफ हुने बताए ।केही खेलाडी घाइते भएका कारण टोलीमा परिवर्तन गरिएको पनि प्रशिक्षक श्रेष्ठले थपे । अगस्टमा साफ यू-१५ को उपविजेता टोलीमा ४ खेलाडी परिवर्तन छन् ।

एफसी यु-१६ छनोट: नेपालले बलियो टोली ईराकसग भिड्दै ! एफसी यु-१६ छनोट: नेपालले बलियो टोली ईराकसग भिड्दै ! Reviewed by Anish Lamichhane on 7:04 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.