नेपाल तामिलनाडु 'ए' बिरुद्द खेल्दै

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत हङकङसँगको खेलका तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलिले तेश्रो अभ्यास खेलमा आज तामिलनाडु 'ए' बिरुद्द खेल्दै छ ।

नेपाली राष्ट्रिय टोलिका म्यानेजर तथा टेक्निकल एनालिष्ट रमान सिवाकोटीका अनुसार तामिलनाडुबाट भारतको रन्जि खेल्ने खेलाडीहरु समाबेश गरिनेछ । कतिवटा रन्जि खेलडीहरु नेपाल बिरुद्द उत्रने छन् भन्ने चाहिँ आज मैदानमा थाहा हुने पनि सिवाकोटीले क्रिकेटिङ नेपाललाई बताए ।

भारत भ्रमणमा रहेको नेपाली टोलिले दुई खेल खेली सकेको छ र उसले दुईवटामा नै जित निकालेको छ । पहिलो खेलमा नेपालले सोमपाल कामी र बसन्त रेग्मिको अर्ध शतकको सहयोगमा डिन्डिगुल ड्रागन्सलाई १५३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतमा मेलापुरे रिक्रियसन क्लबलाई ५२ रनले हराएको थियो ।

छनोट अन्तर्गत नेपालले हङकङसँग उसैको मैदानमा अक्टोबर १३ र १५ मा खेल खेल्ने छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ दोस्रो स्थानमा छ । बिशेष प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टोलीले स्थानीय टोलिसँग आजको खेल पछि एक खेल खेल्ने छ ।

cricketingnepal
नेपाल तामिलनाडु 'ए' बिरुद्द खेल्दै नेपाल तामिलनाडु 'ए' बिरुद्द खेल्दै Reviewed by Anish Lamichhane on 7:29 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.