युवा टोलीले मलेसियामा एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट उपाधि जितेकै दिन आज नेपाली सिनियर क्रिकेट टोली आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारत प्रस्थान गरेको छ ।
युवा टोलीले आज हङकङलाई ५ विकेटले हराएर उपाधि मात्र जितेर एसिसी यू १९ एसिया कपको लागि पनि छनोट भएको छ । सिनियर टोली पनि हङकङविरुद्धको दुई खेलको तयारीका लागि भारतको चेन्नईतर्फ लागेको हो । यू १९ मा रहेका दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने बाहेकको टोली त्यसतर्फ लागेको हो ।
नेपालले डब्लूसिएलको छैठौ चरणमा हङकङसंग उसैको घरेलु मैदानमा अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ । नेपालले चेन्नईमा चारवटा अभ्यास खेल खेल्ने बताइएको छ । मंगलबार पहिलो अभ्यास खेल खेल्ने नेपालले त्यसपछि सेप्टेम्बर २१,२३ र २५ मा खेल्नेछ । टोली सेप्टेम्बर २७ मा स्वेदश फर्कने बताइएको छ ।
डब्लूसिएल च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक छ । यता, नेपालको भने समान १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित भएको नेपालको ८ अंक छ । नेपालले अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्नेहुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम दुई खेल युएईसँग खेल्नेछ ।
(हाम्रो खेलकुद)
तयारीका लागि नेपाली सिनियर क्रिकेट टोली भारततर्फ
Reviewed by Anish Lamichhane
on
6:27 PM
Rating:
No comments: