सोलिडारिटी कप विजेतालाई एक बर्षपछि पुरस्कार

एएफसी सोलिडारिटी कप जितेको झन्डै एक बर्षपछि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नगद पुरस्कार वितरण गर्ने भएको छ । विजेता टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ दिने एन्फाले त्यति बेला नै घोषणा गरेको थियो । गत वर्ष कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । फाइनलमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

प्रतियोगितामा सात राष्ट्रको सहभागिता थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो पटक थियो । त्यहि सफलताले नेपाललाई एसियन कप छनोटमा पुनः खेल्ने मौका पाएको थियो ।
ग्वामले छनोट बाट नाम फिर्ता लिएपछि त्यो ठाँउमा एएफसीले नेपाललाई मौका दिएको थियो । अहिले नेपाल एसियन कप छनोट चरणमो पुछारमा रहेको छ । अहिले सम्मका तीन खेलमा २ खेल गुमाएको नेपालले यमनसँग बराबरी गरेको थियो ।
हाम्रो खेलकुद
सोलिडारिटी कप विजेतालाई एक बर्षपछि पुरस्कार सोलिडारिटी कप विजेतालाई एक बर्षपछि पुरस्कार Reviewed by Anish Lamichhane on 2:42 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.