पिएसजीको जित तर काभानी र नेयमार बीच विवाद

आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए ।

पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन सफल भएको थियो । पहिलो हाफमा नेयमारका दुई प्रहारलाई गोलरक्षक एन्थोनि लोपेजले छेकेका थिए । अर्को तर्फ लियोनका फरवार्डले भने पिएसजीका गोलरक्षक एल्फोन्से अरिओलालाई खासै समस्या दिन सकेका थिएनन् ।

दोस्रो हाफमा लियोन पनि आक्रामक रुपमा प्रस्तुत भएको थियो । मिडफिल्डर तानगुइ एनडोम्बेलेले गरेको लामो दुरीको प्रहार क्रसबारमा लागेर फर्केको पनि थियो । तर पिएसजीले आफ्नो स्तर प्रमाणित गर्दै दोस्रो हाफमै दुई गोल गर्न सफल भयो ।
खेलको ७५ औँ मिनेटमा काभानीले गर्न खोजेका प्रहार रक्षक मार्सेलोलाई लागेर गोल भएको थियो । त्यस्तै डिफेन्डर जेरेमी मोरेलले खेलको ८६ औँ मिनेटमा अर्को आत्मघाती गोल गरेपछि पिएसजीको जित सुनिश्चित भएको हो । गोलरक्षकले बचाउ गरेको बाप्पेको प्रहार मोरेललाई लागेर बलले गोलपोस्टको दिशा लिएको थियो ।
खेलको छलफलको विषय भने काभानी र नेयमार बीचको विवाद भएको हो । डि-बक्सबाहिर पिएसजीले पाएको फ्रि-किक ड्यानि एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोशित भएका थिए । त्यसै गरी बाप्पेलाई लियोनका रक्षकले लडाउँदा पिएसजीले दोर्स्रो हाफमा पेनाल्टी समेत पाएको थियो । नेयमारले सो पेनाल्टी लिन खोजे पनि काभानी मानेका थिएनन् । काभानीको त्यो पेनाल्टी गोलरक्षकले बचाऊ गरेका थिए ।
यस सिजनको ६ खेलमा ६ जितसँगै पिएसजी अंकतालिकाको शीर्षस्थानमा रहेको छ भने सिजनको पहिलो हारपश्चात लियोन तालिकाको पांचौँ स्थानमा झरेको छ ।
पिएसजीको जित तर काभानी र नेयमार बीच विवाद पिएसजीको  जित तर काभानी र नेयमार बीच विवाद Reviewed by Anish Lamichhane on 12:36 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.