सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ ।
खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी दर्ताको लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । मार्की खेलाडीहरुले भने नाम दर्ता गर्नु नपर्ने आयोजकका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । नाम दर्ता गरिएका खेलाडीहरु ७० खेलाडीलाई अक्सनमा राखिने आयोजकले जनाएको छ ।
अक्सनको लागि तीन श्रेणीमा छुट्याइएको छ । श्रेणी ‘ए’ मा नेपाली राष्ट्रिय टिमका खेलाडीहरु, तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडी समावेश गरिएको छ । एक टिमले कम्तीमा ३ देखि बढीमा ५ खेलाडीलाई टिममा समावेश गर्न पाउनेछ । श्रेणी ‘ए’ को खेलाडीको न्युनतम मुल्य १ लाख र बढीमा १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै श्रेणी ‘बी’ मा यू–१६ र यू–१९ का खेलाडीहरु समावेश गरिएके छ । यस्तै कम्तीमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु श्रेणी ‘बी’ मा समावेश गरिएको छ । यस श्रेणीका खेलाडीका लागि न्युनतम मुल्य ७५ हजार तथा अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ । एक टिमले श्रेणी ‘बी’ बाट कम्तीमा ४ खेलाडी राख्न पाउनेछ ।

यस्तै श्रेणी ‘सी’ मा पाँच वर्षअघिबाट घरेलु प्रतियोगितामा सिनियर प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका खेलाडीहरु रहेका छन् । यो श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार र अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको सम्बन्धमा भने दोस्रो चरणमा समावेश गरिने आयोजकले जनाएको छ ।
हाम्रो खेलकुद
एभेरेस्ट प्रिमियर लिगको खेलाडी दर्ता भोलि सुरु हुने
Reviewed by Anish Lamichhane
on
7:50 AM
Rating:

No comments: