एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ ।
यद्दपी, भारतसँगको पछिल्लो भेट पनि नेपालका लागि सुखद भने थिएनन् । गत महिना सातदोबाटोमा भएको साफ यू १५ को फाइनलमा नेपाल यहि भारतीय टोलीसँग २–१ ले पराजित भएको थियो । खेलमा पहिलो अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन सकेन । त्यसअघि समूह चरणमा पनि त्यहि अन्तरमा नेपाल यहि टोली चरणमा पराजित भएको छ ।
महिना दिन पनि नपुग्दै फेरि नेपालले एक पटक भारतको सामना गर्दा नजिता कस्तो आउला भन्ने कतुहलता स्वभाविक हुन आउँछ । भारत पहिलो खेलमा प्यालेस्टाइनलाई ३–० ले हराउँदै सुखद सुरुआत गर्ने टोलीमा पर्दछ । त्यहि नेपालले भने च्याम्पियनसिपको विजेता इराकसँग १–० ले गुमाएको थियो । कम्तीमा गोलरहित बराबरी रोक्ने मौका नेपालले आफै गुमाएको थियो ।
इराकले निरन्तर खेलमा दबाब दिएपनि गोल गर्ने सकिरहेको थिएन । दोस्रो हाफमा नेपाली गोलकिपर विशाल सुनारको गल्तीको फाइदा उठाउँदै एक मात्र गोल गरेको थियो । डिप बस्दै डिफेन्ड गरेको नेपाली टोलीले काउन्टर एट्याक गर्ने अवसर पाएपनि खेलाडीको निरन्तर खराब टच , कमजोर कन्ट्रोल र मिसपासका कारण विपक्षी पोस्टमा आक्रमण गर्न असफल भएको थियो ।
अघिल्ला दुवै खेलमा पराजित भएपनि उच्च मनोबलकै साथ भारतविरुद्ध उत्रने प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन् । पहिलो खेलमा इराकसँगको हारपछि उनले भनेका थिए, ‘हामी कुनै मनोबैज्ञानिक दबाबमा छैनौं ।’
श्रेष्ठका भारतीय समकक्षी बिबियानो फर्नान्डेजले पनि अघिल्ला दुई खेलका परिणामले आजको खेल अनुमान गर्न नसक्ने बताएका छन् । ‘यसअघिका दुई खेलमा हराएका थियौं । तर, त्यो नतिजाले शुक्रबारको खेलमा हामीलाई कुनै मद्दत गर्ने छैन,’ प्यालेस्टाइनसँगको जितपछि उनले भनेका, ‘त्यसलाई बिर्सेर एक पटकमा एक खेललाई ध्यान दिएर खेल्नुपर्ने हुन्छ ।’
हलचोकस्थित एपिएफको मैदानमा नेपाल र भारतको खेलअघि आज पहिलो खेल इराक र प्यालेस्टाइनबीच हुनेछ । नेपाल र भारतबीचको खेल ३ः३० बजे सुरु हुनेछ ।
हाम्रो खेलकुदबाट
नेपाल बिरुध भारत: नेपाललाई जित्नै पर्ने दवाब
Reviewed by Anish Lamichhane
on
11:34 PM
Rating:
No comments: