उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै माथ खायो र अनेपेक्षित हार बेहोरेको थियो । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो ।
भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।
पहिलो खेलमा विपक्षीमाथि दबाब सिर्जना गरेपनि नेपालले गोल गर्न सकेन थिएन । उल्टो भुटानले खेल सकिन ५ मिनेटअघि प्राप्त पेनाल्टीमा गोल गर्दै नेपालविरुद्ध कुनै पनि स्तरमा पहिलो जित गरायो । भुटानले यसअघि नेपालको राष्ट्रिय टोली वा उमेर समूहका कुनै पनि टोलीलाई हराउन सकेको थिएन ।
पाँच राष्ट्रको सभागिता रहेको प्रतियोगिता राउन्ड रोविनका आधारमा भइरहेको छ । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ ।
प्रतियोगितामा भुटान र बंगलादेशको समान ६ अंक छ भने नेपाल , भारत र माल्दिभ्स अंक विहिन छन् । भारतले पहिलो खेल बंगलादेशसँग ४(३ ले गुमाएको थियो । अन्य खेलमा माल्दिभ्स भुटानसँग १–० ले र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
हाम्रो खेलकुदबाट
भुटानसँगको हार पछी नेपालले माल्दिभ्सको सामना गर्दै
Reviewed by Anish Lamichhane
on
11:37 PM
Rating:
No comments: