अभ्यास खेलमा नेपालको पहिलो हार !

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल हार्दै भारत यात्राको अन्त्य गरेको छ । अघिल्ला तीनवटा अभ्यास खेल जितेको नेपाली टोलीले आज भ्रणमको चौथो तथा अन्तिम खेलमा सेन्टर फर स्पोर्टस (सिएसए) सँग ५ रनले पराजित भएको छ ।
 यसै महिनाको अन्त्यमा आइसिी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो ।

२ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ४०. ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १० रन मात्र जोड्न सक्यो । मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सागर पुन र कप्तान पारस खड्काले राम्रो सुरुआत दिलाएका थिए । उनी पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । त्यो क्रममा सागरले अर्धशतक पुरा गरे भने पारस अर्धशतक बनाउनबाट १ रनले चुके । ४० बल खेलेका पारसले ८ चौका र १ छक्काको मद्दतमा ४९ रन जोडे । सागरले ८४ बल खेल्दै ७ चौका र २ छक्कासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए ।

यू १९ का कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले ४५ रन बटुले । ५४ बलमा दीपेन्द्रले ५ चौकासहित ४५ रन बनाए ।तल्लो क्रमका व्याट्सम्यान नचलेपछि नेपाल अन्तिम खेलमा पराजित भएको छ । विनोद भण्डारीले १५, आसिफ शेखले ७ र सोमपाल कामीले ५, करण केसीले ३ रन जोडे । त्यसअघि निर्धारित ५० ओभरको खेलमा अन्तिम बलमा अलआउट भएको सिएसएसले २ सय १५ रन बनाएको थियो । मा अल आउट गरेको छ । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै २६ रनमात्र खर्चेका थिए । सन्दिप लामिछाने र करण केसीले समान २ तथा सोमपाल र सागरले १/१ विकेट लिए ।
मध्यक्रमका ब्याट्सम्यान विल्किन्स भिक्टरले ७४ रन बनाएपछि सिसिएसले मध्यम स्कोर खडा गरेको थियो । भिक्टरले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर अनन्थले ४५ , तुशारले २६ र गणेशले २० रन बनाए । नेपाली टोली बुधबार स्वदेश फर्कनेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल हङकङमा हुनेछ ।
हाम्रो खेलकुद
अभ्यास खेलमा नेपालको पहिलो हार ! अभ्यास खेलमा नेपालको पहिलो हार ! Reviewed by Anish Lamichhane on 5:42 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.