भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । यू-१९ फर्म्याटमा सम्पन्न अघिल्लो संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्न भारतलाई जित्ने पर्नेछ ।
प्रतियोगितामा घरेलु टोली भुटानसँग पहिलो खेलमा पराजित नेपली टोलीको भाग्य आज कै पहिलो खेलमा पनि निर्भर रहनेछ । नेपालले भारतलाई जित्नु अघि भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध अंक गुमाएमा मात्र नेपालको उपाध जित्ने लक्ष्य संभव हुनेछ ।
खेलाडीले शत प्रतिशत दिने सके नेपालले भारतलाई हराउनेमा प्रशिक्षक छिरिङ लोप्साङ विश्वस्त छन् । ‘दुई खेलमा पहेलो कार्डका कारण केहि खेलाडीले यो खेल गुमाउने छन् । त्यस्तै रेजिन सुब्बा पनि चोटग्रस्त भएका कारण खेल्ने छैनन् । हामीसँग टोलीमा यसको विकल्प भएकाले खेलाडीले शत प्रतिशत खेलेमा जित्ने छौं ‘, प्रशिक्षक लोप्साङले भने, ‘भारतसँगको खेलमा दुवै टोलीको उतिकै सम्भावना छ तर हामीसँग जित्नको विकल्प छैन । तसर्थ जित्नका लागी खेल्नेछौं । ‘
नेपालका कप्तान अर्पण कार्की भने प्रशिक्षकको रणनीति अनुसार खेल्ने बताउँछन् । अर्पणले भने,’बंगलादेशसँगको खेलमा प्रशिक्षकको रणनीति अनुरुप खेल्न सक्दा जित्यौं , भारतसँग पनि त्यसरी नै खेल्ने छौं।’ खेल नेपाली समयानुसार रातीको ६:४५ मा सुरु हुनेछ । त्यस्तै पहिलो खेलमा बंगलादेश र भुटान भिड्दै छन् ।
हाम्रो खेलकुदबाट
साफ यु-१८: उपाधी छिनोफानो खेल आज, नेपाल र भारत भिड्दै!
Reviewed by Anish Lamichhane
on
7:32 PM
Rating:

No comments: