साफ यु-१८: उपाधी होड रोमान्चक बन्दै!

 भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई हराएसँगै उपाधि दौड चार टोलीबीच खुला भएको छ । माल्दिभ्स चारै खेलमा पराजित भएर बाहिरिएपछि बुधबार अन्तिम दिनमा भारत र नेपाल तथा आयोजक भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

दुई समूहमा खेलाइने भने पनि श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएपछि प्रतियोगिता राउन्ड रबिनका आधारमा खेलाइएको हो । समूहमा हरेक टोलीले अन्य सबैसँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ । प्रतियोगिताको अन्तिम दिन पहिलो खेलमा बंगलादेश र घरेलु टोली भुटान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ ।
(हाम्रो खेलकुद)
साफ यु-१८: उपाधी होड रोमान्चक बन्दै! साफ यु-१८: उपाधी होड रोमान्चक बन्दै! Reviewed by Anish Lamichhane on 2:39 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.