नेपालले ताजिस्तानलाई २–१ नतिजा सुम्पेको दिन एएफसी एसियन कपको छनोट चरणअन्तर्गत एकै समूहको अर्को समूहको अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ । फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा दुई पटकको अग्रता गुमाएपछि यमनले बराबरीमा चित्त बुझाउनु परेको थियो ।
भ्रमणकारी यमनले मुदिर अल रदाईको गोलमा २७ औं मिनेटमा अग्रता लिएको थियो । फिल यन्गहस्बेन्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी दिलाए । अब्दुल्वासी अल मातारीले ५५ औं मिनेटमा गोल गरेपछि यमनले दोस्रो पटक अग्रता लिएको थियो ।

तर, त्यो अग्रता पनि लामो समय टिक्न सकेन । जेम्स यन्गहस्बेन्डले ७१ औं मिनेटमा गोल गर्दै घरेलु टोली खेलमा फर्काए ।फिलिपिन्सले यसअघि घरेलु मैदानमा नेपाललाई ४–१ ले हराएको थियो । नेपालले घरेलु मैदानमा यमनलाई गोलरहित बराबरी खेलेको थियो ।
घरलु मैदानमा फिलिपिन्स हारबाट जोगियो, यमनसँग बराबरी
Reviewed by Anish Lamichhane
on
9:04 AM
Rating:
No comments: